सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिबाट सन्यास

सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिबाट सन्यासको घोषणा गर्दै गोरखाको चुमनुब्री गाउँपालिका ६ का वडाध्यक्ष सरोज लामा बिदेसिएका छन् । नेकपा माओवादीबाट निर्वाचित उनी जति काम गरे पनि राजनीतिमा कुनै पनि स्यवासी नपाएको भन्दै जर्मनी उडेका हुन् ।

उनले उड्नु अघि आफ्नो फेसबुकमा लेखेका छन्, ‘सकेसम्म सबैको चित्ता बुझाउने गरि इमानदारीताका साथ मेरो क्षमताले भ्याए सम्मको भुमिका र कार्य सम्पदान गरियो तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफुले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टी भएन त्यसैले अव देखि यो राजनितीबाट सदाको लागी विदा भएको निर्णय सहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एकपटक शुन्य अर्थात जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो।

मैले वडाको पद छाडेकै करणले गर्दा वडाबाट प्रवाह हुने कुनैपनि सेवा सुविधाहरु प्रवाहित हुने छैन । सबैजनाले कार्यवाहक वडा अध्यक्ष मार्फत सदा झै निरन्तर सेवा उपलव्ध हुने छन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?