आइसिसी विश्वकप लिग–२ सिरिजमा आज नेपालले ओमानसँग खेल्दैछ। यी दुई टोलीबीचको खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित ऐतिहासिक त्रिवि स्टेडियममा सुरु हुनेछ।
बुधबार ओमानवि’रुद्ध नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ। श्रृंखलाको दोस्रो म्याचमा नेपालले बसिर अहमद र ललितनारायण राजवंशीलाई विश्राम दिएर अर्जुन कुमाल र नन्दन यादवलाई मौका पाउने सम्भावना देखिएको हो।
नेपालको सम्भावित प्लेइङ–११ : अर्जुन कुमाल, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दन यादव र सन्दीप लामिछाने रहेका छन् नेपाल घरेलु मैदान दर्शक उच्च मनोबल का साथ मैदान मा उत्रिएको छ

