नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
मेष~
बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी हुनेछ। लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। दाम्पत्य सुख मिल्ला। साँझमा कलहको योग छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
वृष~
विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। मनमा देखिने अस्थिरता र अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। साँझमा दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्।
मिथुन~
रमणीय र सुखद यात्राको योग छ। साझेदारीमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।
कर्कट~
ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछन्। नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन्। कहीँकतैबाट उपहार प्राप्त होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
सिंह~
आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ। नयाँ कार्यको योजना बन्नेछ। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति बढी सजगता अपनाउनु पर्नेछ।
कन्या~
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। मनमा दुबिधा उत्पन्न हुन सक्छ। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ।
तुला~
मान्यजनबाट सहयोग प्राप्त हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। शुभचिन्तकले पूर्ण समर्थन गर्नेछन्। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। पुँजी बजारबाट धनलाभ हुनेछ
वृश्चिक~
विशिष्ट व्यक्तिलाई प्रभावित बनाएर काम बनाउन सकिनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आँटे-ताकेको पूरा होला। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।
धनु~
राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। पुँजी बजारबाट लाभ मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ला। प्राविधिक र वैदेशिक काम रोकिन सक्छ।
मकर~
आलस्य तथा थकानको अनुभूति हुनेछ। मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ। भोजभतेरमा बोलावट हुँदा स्वास्थ्य मापदण्ड पूरा गुर्नु होला। घरायसी झमेलामा परिनेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला। प्रेममा बाधा हुन सक्छ।
कुम्भ~
सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ। रोकिएका काम पुनः सुरु हुने छन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ। व्यापार-व्यवसायबाट फाइदा हुनेछ।
मीन~
अध्ययन-अध्यापन सफल रहनेछ। ठिक समयमा सही निर्णय लिइएला। लाभदायक यात्रा हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। ज्ञानमा वृद्धि हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

