काठमाडौं, २९
वर्षीया जमुना खत्रीले लगाएको बलात्कार र भ्रूण हत्या सम्बन्धी आरोपमा नेकपा एमालेका नेता कर्णबहादुर मल्लविरुद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार जिल्ला अदालतमा दुई वटा कसूरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिएका छन्। उनका अनुसार प्रहरी अनुसन्धान पूरा भएपछि सरकारी वकिल कार्यालयमार्फत मुद्दा अघि बढाइएको हो।
जमुना खत्रीले फागुन ५ गते ललितपुर प्रहरी कार्यालयमा मल्लविरुद्ध उजुरी दर्ता गरेकी थिइन्। उनले आफूलाई बलात्कार गर्नुका साथै भ्रूण हत्या गरिएको आरोप लगाएकी थिइन्।
उजुरी दिएको करिब एक महिनासम्म पनि मल्ल पक्राउ नपरेपछि खत्रीले काठमाडौंको माइतीघर मण्डलमा चैत ८ गतेदेखि १४ गतेसम्म आमरण अनसन बसेकी थिइन्। चैत १४ गते मल्ल पक्राउ परेपछि उनले अनसन तोडेकी थिइन्।
तर न्यायको माग भने जारी राख्दै उनी अझै पनि माइतीघर मण्डलमै धर्नामा बसेकी छन्। आफूले न्याय नपाएसम्म आन्दोलन नछोड्ने उनको अडान छ।


