
- दाङको लमहीमा ट्रकलाई उछिन्ने क्रममा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा प्युठानकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर रहेका छन्।
- सो दुर्घटनामा अटो चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्।
दाङको देउखुरीमा ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा यात्रुवाहक बससँग अटो ठो’क्किँदा दुई जनाको मृ’त्यु भएको छ भने तीन जना घा’इते भएका छन् ।
लमही नगरपालिका–३ मजगाउँ चोकमा सोमबार भएको दु*र्घटनामा प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगरको मृ”त्यु भएको दाङ प्रहरीले जनाएको छ ।
घा”इते हुनेमा अटो चालक सरुमारानी–५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी सङ्गिता सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी छन् ।


