
- प्युठानको ओखरबोटमा बसबाट खसेर १० वर्षीय बालकको मृत्यु भएको छ ।
- बसको टायरले किच्दा पुष्कर सुनारको घटनास्थलमै ज्यान गएको हो ।
- प्रहरीले बसलाई नियन्त्रणमा लिई चालकलाई पनि पक्राउ गरेको छ ।

२४ असोज, प्युठान । प्युठान नगरपालिका–३ ओखरबोटमा बसबाट खसेर टायरले किच्दा १० वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार दिउँसो स्थानीय प्रकाश सुनारका छोरा पुष्कर सुनार जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको ना ४ ख ५९४६ नम्बरको बसबाट खसेका थिए । खसेलगत्तै उनलाई सोही बसको टायरले किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
प्रहरीले बस घटनास्थलमै रहेको र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।


