
- सन्धिखर्कको टुँडिखेलमा असोज २७ गतेदेखि रमादेवी स्मृति टी–टेन क्रिकेट प्रतियोगिता हुँदैछ।
- Marvi EV र Marsi EV का तर्फबाट किमडाँडा टिमलाई ५० हजार मूल्य बराबरको खेल पोशाक सहयोग घोषणा गरिएको छ।
- उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई छक्का, चौका, विकेट र म्यान अफ द म्याचबापत नगद पुरस्कार दिइने भएको छ।
अर्घाखाँची
जिल्लाको सन्धिखर्क नगरपालिका–१ स्थित टुँडिखेलमा यही असोज २७ गतेदेखि आयोजना हुन लागेको Late Rama Devi Memorial T10 Cricket Tournament लाई लक्षित गर्दै खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष प्रायोजन तथा पुरस्कारको घोषणा गरिएको छ।
प्रतियोगितामा सहभागी सन्धिखर्क नगरपालिका–८, किमडाँडा क्रिकेट टीम लाई Marvi EV का अध्यक्ष माधव भुसाल र सन्धिखर्क नगरपालिका–८ का पूर्व खेलाडी तथा Marsi EV का सह–सञ्चालक श्रीधर बन्जाडेले खेल पोशाक सहयोग गर्ने घोषणा गरेका हुन्।
उनीहरूको तर्फबाट किमडाँडाका सम्पूर्ण खेलाडी तथा Team Management का लागि आवश्यक खेल पोशाक (Dress) उपलब्ध गराइनेछ। उक्त सहयोगको कुल मूल्य रु. ५० हजार बराबर रहेको जनाइएको छ।
खेलाडीहरूलाई प्रतियोगितामा अझ उत्साहपूर्वक सहभागी गराउने तथा उत्कृष्ट प्रदर्शनका लागि प्रोत्साहित गर्ने उद्देश्यले किमडाँडा टोलीले खेल्ने प्रत्येक खेलमा थप नगद पुरस्कारको समेत घोषणा गरिएको छ।
घोषणाअनुसार प्रत्येक छ*क्का बराबर खेलाडीलाई रु. ५००, प्रत्येक चौका बराबर खेलाडीलाई रु २००
३ विकेट लिने खेलाडीलाई रु. ५००
तथा प्रत्येक खेलको man of the Match घोषित हुने खेलाडीलाई रु. २ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
प्रायोजकहरूले खेलकुदमा युवाको सहभागिता र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सहयोग घोषणा गरिएको बताएका छन्। स्थानीय स्तरमा रहेका प्रतिभाशाली खेलाडीलाई आवश्यक सहयोग र अवसर उपलब्ध गराउन सके खेलकुदको विकाससँगै युवाको आत्मविश्वाससमेत बढ्ने विश्वास उनीहरूको छ।
“खेलकुदमा लगानी, युवाको भविष्यमा लगानी” भन्ने भावनाका साथ गरिएको यो सहयोगले किमडाँडा क्रिकेट टोलीका खेलाडीहरूको मनोबल बढाउने अपेक्षा गरिएको छ।
यसैबीच, Late Rama Devi Memorial T10 Cricket Tournament यही असोज २७ गतेदेखि सन्धिखर्क नगरपालिका–१ स्थित टुँडिखेलमा सञ्चालन हुँदैछ। प्रतियोगितामा जिल्लाका विभिन्न टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
स्वर्गीय रमादेवीको स्मृतिमा आयोजना हुन लागेको प्रतियोगिताले अर्घाखाँचीमा क्रिकेट खेलको विकास, स्थानीय प्रतिभाको पहिचान तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
किमडाँडा क्रिकेट टोलीलाई गरिएको यो प्रायोजनले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र उत्साहपूर्ण बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रायोजक:
माधव भुसाल — अध्यक्ष, Marvi EV
श्रीधर बन्जाडे — पूर्व खेलाडी, सन्धिखर्क नगरपालिका–८ / सह–सञ्चालक, Marsi EV
नेपाल प्रेसखबर
सत्य तथ्य र जनताको आवाज।


