आज मिति २०८३ साल कार्तिक महिनाको २८गते सनिवार को दिन माता सुपा देउराली को दर्शन गरि हेर्नुस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मिथुन, तुला, धनु, कुम्भ र मीन राशिका लागि आजको दिन सामान्यतया शुभ र फलदायी रहनेछ।
  • मेष, वृष, सिंह, कन्या, वृश्चिक र मकर राशिका व्यक्तिहरूले स्वास्थ्य र काममा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।
  • कर्कट राशिका लागि आजको दिन मिश्रित खालको रहनेछ भने समग्रमा सबैले खानपान र मानसिक स्वास्थ्यमा ध्यान दिनु उचित हुन्छ।

मेष
चू, चे, चो, ला, ली, लू, ले, लो, अ

मेषराशि हुने व्यक्तिहरूका  लागि आजको दिन त्यति सकारात्मक देखिँदैन । ९ औं भावमा रहेको चन्द्रमाले  शरीरमा थकानको महसुुस गराउनसक्छ । काममा अबरोध सिर्जना गराउनसक्छ । अधिक दौडधूप नगर्दा राम्रो हुन्छ । धार्मिक कार्यमा मन लगाउँदा मन हलुका हुन्छ । 

वृष
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

वृषराशि हुने व्यक्तिहरूको आजको दिन सकारात्मक नहुनसक्छ । ८ औं भावमा रहेको चन्द्रमाले काममा अवरोध गराउनसक्छ । नयाँ कामको थालनी नगर्दा राम्रो होला । अनावश्यक दौडधूप हुनसक्छ । दुर्घटना हुनसक्छ ।  मनलाई शान्त राख्ने प्रयास गर्नुहोस् । 

मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह

मिथुनराशि हुने व्यक्तिहरूको आजको दिन सकारात्मक नै रहेको छ । ७  औं भावमा रहेको चन्द्रमाले साझेदारीको काममा  सफलता दिलाउने छ । दाम्पत्य जीवनमा मीठास आउनेछ । बाहिरी काम बन्नेछ । आर्थिक पक्ष सुधारात्मक रहनेछ । खानपिनमा भने ध्यान दिनपर्ने देखिन्छ ।  

कर्कट
ही,हू, हे, हो, डा, डी, डू, डे, डो

कर्कटराशि हुने व्यक्तिहरूका लागि आजको दिन मध्यम रहेको छ । ६ औँ भावमा रहेको चन्द्रमाले प्रतिस्पर्धामा सफलता दिलाउन सक्छ । सत्रुहरू परास्त हुनेछन् ।  ऋण घट्नसक्छ । खानपानमा सतर्कता अपनाउँदा राम्रो हुन्छ ।  

सिंह
मा,मी, मू, मे, मो, टा, टी, टू, टे

सिंहराशि हुने व्यक्तिरूका लागि आजको दिन त्यति उपयुुक्त देखिदैँन ।  चन्द्रमा ५ औं  भावमा रहेकाले मनमा अन्योल बढ्नसक्छ  । मनमा  खिन्नता उत्पन्न हुनसक्नेछ । घरपरिवारमा समय दिँदा राम्रो हुन्छ ।  पढाइमा मन लगाउनुहोस् ।

कन्या
टो,पा, पी, पू, ष, ण, ठ, पे, पो

कन्याराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नहुनसक्छ ।  ४ औं  घरको चन्द्रमाले तपाईंको दिनलाई त्यति  सकारात्मक बनाउदैँन । मानसिक तनाव थपिनसक्छ । विरोधीहरू बढ्ने सम्भावना रहन्छ । स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ । 

तुला
रा,री, रू, रे, रो, ता, ती, तू, ते
तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक रहनेछ ।  ३ औं भावमा रहेको चन्द्रमाले काममा मन लगाउने छ । अट्किएका काम बन्नेछ । साथिभाईहरूको साथ पाईनेछ ।  । इच्छापूर्ति  हुनेछ । यात्रा सफल रहनेछ । 

वृश्चिक
तो,ना, नी, नू, ने, नो, या, यी, यू
वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन  सकारात्मक नहुनसक्छ  । २  औं घरको चन्द्रमाले  मनलाई कमजोर बनाउनसक्छ ।  आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुपर्ने छ ।  बोल्दा बिचार पुर्याउनुहोला । 

धनु
यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे
धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक रहेको छ । लग्नस्थानमा रहेको चन्द्रमाले मनमा प्रसन्नता ल्याउनेछ । काममा सफलता प्राप्त हुनेछ  । शरीरमा उर्जा थपिन सक्नेछ । थालेको कामले सफलता प्राप्त गर्नेछ ।  

मकर
भो, जा, जी, खी, खू, खे, खो, गा,गी

मकरराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक नहुनसक्छ  । चन्द्रमा १२ औँ भावमा रहेकोले खर्च बढ्नसक्छ । शरीरमा आलश्यता थपिनसक्छ ।  निद्रामा बाधा हुनसक्छ । स्वास्थ्य कमजोर बन्नसक्छ । यात्रामा अबरोध आउनसक्छ । 

कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो,दा

कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक हुने देखिन्छ । ११ औं भावमा रहेको चन्द्रमाले काममा भएको अबरोधलाई  हटाउने छ । पेसा र व्यवसायमा प्रगति हुनेछ । माथिल्लो तहबाट सहयोग पाइनेछ । आर्थिकपक्ष बलियो देखिन्छ । 

मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति सकारात्मक नहुनसक्छ । १० औं भावमा रहेको चन्द्रमाले काममा मन लगाउने छ ।  पेसा र व्यवसायमा  प्रगति हुनेछ ।  माथिल्लो तहबाट सहयोग पाइनसक्छ । आँटेको काम बन्नेछ । 

पुनश्च 
चन्द्रमाको गोचरअनुसारको सामान्य फल हो  । तपाईंहरूको जन्मकुण्डलीका आधारमा दशा र अन्तर्दशाले तपाईंको दिनलाई अदल बदल गराउन पनि सक्छ ।
तपाईँको दिन शुभ रहोस् ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?