सुनका गरगहना चोरी गर्ने ७ जना पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको सन्धिखर्कबाट सुनको सिक्री चोरीमा संलग्न ७ जना पक्राउ परेका छन्।
  • घटनामा कार र मोटरसाइकल प्रयोग गरी भाग्दै गरेका उनीहरूलाई शीतगंगाबाट नियन्त्रणमा लिइएको हो।
  • पक्राउ पर्नेमा बारा, पर्सा र भारतका नागरिक रहेका छन् भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अर्घाखाँची — जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सुनका गरगहना चोरी कार्यमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार मिति २०८३/०६/१६ गते दिउँसो १ बजे सन्धिखर्क नगरपालिका–९ हटबजारमा एक व्यक्तिको घाँटीमा लगाएको सुनको सिक्री तानेर भागेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले एक जनालाई तत्काल नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको खुलेको जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले बा १५ च २१२३ नम्बरको कार तथा मधेश प्रदेश ०३–०३१ प ११४० नम्बरको मोटरसाइकल प्रयोग गरी भागेको अवस्थामा अन्य व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई जिल्ला अर्घाखाँचीको शितगंगा नगरपालिका–३ ठाडाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बारा, पर्सा र भारत बिहार प्रदेशका व्यक्तिहरू रहेका छन्। पक्राउ पर्नेमा बारा जीतपुर सिमरा उपमहानगरपालिका–६ का २२ वर्षीय सुदिप चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका–२० का ३४ वर्षीय राजकुमार राय, बारा बारागढी गाउँपालिका–३ का ३२ वर्षीय राजु प्रसाद साह, सोही स्थानका ४४ वर्षीय विरन्द्र राय, पर्सा वीरगञ्ज–२० का २८ वर्षीय खुश्बु राय सिंह पाण्डे, सोही स्थानका २१ वर्षीय विराजु राय, पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का २० वर्षीय अरविन्द्र राय र भारत बिहार प्रदेश आनन्दसागर पिपरहिया बस्ने १५ वर्षीय एक बालक रहेको पत्रमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?