अछामको पञ्चदेवल विनायकमा छाउगोठमा सुतेका २ जनाको ढुङ्गाले किचेर ज्यान गयो

काठमाण्डौ – अछामको पञ्चदेवल विनायक नगरपालिकामा त्रिपालले बनाएकाे छाउगोठमा सुतेको बेला भीरबाट खसेको ढुङ्गाले लागेर एकजना महिला र अर्की बालिकाको ज्यान गएको छ । पञ्चदेवल विनायक नगरपालिका ८ की ३५ वर्षीया निम जैसी खनाल र मामाघर आएकी मङ्गलसेन नगरपालिका-६ की ८ वर्षीया कविता भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर देउवाले उज्यालोलाई दिनुभएको जानकारी अनुसार सँगै सुतेकी कविताकी आमा ४० वर्षीया रत्ना भण्डारी घाइते हुनुभएको छ । मङ्गलसेन नगरपालिका घर भएकी रत्ना माइत गएको बेला भाउजू निम जैसीसँगै छाउगोठमा सुत्नुभएको थियो ।

आठ वर्षीया बालिका पनि आमा र माइजुसँगै छाउगोठमै सुतेकी थिइन् । घर नजिकै रहेको छाउगोठमा सुतेको बेला गएराति भीरबाट ढुङ्गा खसेर उनीहरुलाई लागेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?