भारतबाट पेट्रोल र डिजेलको मूल्य २० रुपैयाँसम्म बढेर आयो, नेपालमा भने यथावत्

समाचार सारांश
Auto Generated by AI
  • भारतबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपालमा उपभोक्ताको हित र चाडपर्वलाई ध्यान दिँदै खुद्रा मूल्य हाललाई यथावत् राखिएको छ।
  • मूल्य नबढाउँदा नेपाल आयल निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब २० करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।
  • हाल काठमाडौंमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ।

नेपाल प्रेसखबर
काठमाडौं, असोज १४
भारतबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपालमा पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राखिएको छ।
नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको भए पनि आम उपभोक्तालाई थप भार नपरोस् भन्ने उद्देश्यले हाल कायम रहेको खुद्रा मूल्यमा कुनै परिवर्तन गरिएको छैन।


निगमले हालैको बाढीपहिरोबाट प्रभावित अवस्था, नजिकिँदै गरेको चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निर्णय गरेको जनाएको छ।


हाल कायम मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल, डिजेल तथा मट्टितेल प्रतिलिटर २०० रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम छ।

यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम राखिएको छ।
निगमलाई बढ्दै घाटा
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेका बेला नेपालमा खुद्रा मूल्य नबढाउँदा नेपाल आयल निगममाथि आर्थिक भार भने थपिँदै गएको छ।


निगमका अनुसार हालको मूल्य यथावत् राख्दा १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।
यसअघि पनि भारतबाट खरिद मूल्य बढेर आएपछि निगमले उपभोक्तालाई राहत दिने भन्दै तत्काल मूल्य नबढाउने निर्णय गरेको थियो। भदौ ३० मा प्राप्त खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा ४ रुपैयाँ ६८ पैसा वृद्धि भएर आएको थियो।


पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार, कच्चा तेलको भाउ तथा भारतबाट प्राप्त हुने खरिद मूल्यअनुसार समय–समयमा परिवर्तन हुने गरेको छ। नेपालमा भने निगमले खरिद मूल्य र बिक्री मूल्यबीचको अन्तरलाई समायोजन गर्दै उपभोक्ता तथा निगमको आर्थिक अवस्थालाई समेत ध्यानमा राखेर मूल्य निर्धारण गर्दै आएको छ।


स्रोत : नेपाल आयल निगम तथा प्रकाशित समाचार विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?