राष्ट्रपतिलाई सेनाले शिवपुरी लग्यो, ओलीलाई पनि सेनाकै संरक्षण

📅 मंगलबार, भदौ २४, २०८२


जेन–जेड आन्दोलनका सहभागीहरूले राष्ट्रपति कार्यालय, महाराजगञ्जमा समेत आगजनी गरेका छन्। संसद् भवन, सिंहदरबार, विभिन्न दल र नेताहरूका कार्यालय तथा निवासमा आक्रमणपछि प्रदर्शनकारीहरूको समूहले महाराजगञ्जस्थित राष्ट्रपति भवनमा पनि आगो लगाएको हो।

आकस्मिक परिस्थितिमा नेपाली सेनाले तत्काल हस्तक्षेप गर्दै राष्ट्रपति विद्या देवी भण्डारीलाई सुरक्षित स्थानान्तरण गरेको छ। सेनाको हेलिकप्टरमार्फत राष्ट्रपतिलाई शिवपुरीस्थित तालिम केन्द्रमा लगिएको बताइएको छ।

यसअघि सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बालुवाटारबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइसकेको थियो। लगातार बढ्दो आन्दोलन र देशभर फैलिएको आगजनीका घटनाले सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?