कपिलवस्तुको विजयनगरको चिरई खोलामा स*डेको अवस्थामा पुरुषको श*व फेला

कपिलवस्तु – लालु चौधरी

कपिलवस्तु । विजयनगर गाउँपालिका-५

गिद्धहवाघाटस्थित चिरई खोलाको किनारमा सडेको अवस्थामा पुरुष जस्तो देखिने बे*वारिसे श*व फेला परेको छ।

बुधबार बिहान करिब ९:४५ बजे श*व फेला परेको सूचना प्राप्त भएपछि प्रहरी चौकी ठकुरापुरबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) समुद्र आचार्यको कमाण्डमा ३ जना तथा इलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रहरी निरीक्षक महेश कुमार आचार्यको कमाण्डमा SOCO सहित ६ जनाको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

उक्त स्थान प्रहरी चौकी ठकुरापुरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ। शवको पहिचान खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?