कपिलवस्तुका सिडिओ जनार्दन गौतमले दिए राजीनामा


कपिलवस्तु । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमले पदबाट राजीनामा दिएका छन्।
गौतमले असोज १४ गतेदेखि लागू हुने गरी गृह मन्त्रालयमा राजीनामा बुझाएको जनाइएको छ। गृह मन्त्रालयले उनको राजीनामा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको समाचारमा उल्लेख छ।
सहसचिवसमेत रहेका गौतमको निजामती सेवामा केही महिना मात्रै अवधि बाँकी रहेको बताइएको छ। पछिल्लो समय निजामती कर्मचारीसम्बन्धी नयाँ विधेयकको चर्चासँगै केही कर्मचारीले राजीनामा दिएर स्वैच्छिक अवकाश रोजिरहेको अवस्थामा गौतमले पनि राजीनामा दिएका हुन्।
गौतमले कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्लाको शान्ति–सुरक्षा, प्रशासनिक सेवा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा नेतृत्व गर्दै आएका थिए।
उनको राजीनामापछि कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा गृह मन्त्रालयले आवश्यक निर्णय गर्नेछ।
नेपाल प्रेसखबर
समाचार स्रोत : नयाँ पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?