आज हरितालिका तीज पर्व मनाइँदै

समाचार सारांश
Auto Generated by AI
  • आज देशभर हरितालिका तीज पर्व धार्मिक विधिपूर्वक श्रद्धा र भक्तिसाथ मनाइँदैछ।
  • भोटेकोशी बाढीको असरले यस वर्ष तीजको रौनक केही कम देखिएको छ।
  • स्वास्थ्यको ख्याल राख्दै निराहार वा सुपाच्य फलफूल सेवन गरी व्रत बस्न डाक्टरको सुझाव छ।

नेपाल प्रेसखबर अर्घाखाँची

प्रकाश आचार्य

आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

हिजो दर खाएपछि औपचारिक रूपमा शुरु भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ । तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन ।

हालैको भोटेकोशी बाढीले पुर्‍याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ । आज तीज मनाउन महिलालाई बिदा दिइएको छ । दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ । तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ । आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सुझाव छ ।

निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोश हुन सक्ने जोखिम हुन्छ । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने सकिने धर्मशास्त्रमा पनि उल्लेख छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?