दु:खद खबर
बागलुङको बोबाङबाट ढोरपाटन जाँदै गरेको पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति १० बजे ढोरपाटन नगरपालिका-९ चौबिरमा पिकअप जिप दुर्घटना हुँदा स्थानीय राजिन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायत ले जानकारी दिनुभयो |
उहाका अनुसार जिप दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते उनीहरूलाई उपचारका लागि बुर्तिबाङ अस्पतालमा ल्याउँदै गरिएको छ
थप विवरण आउन बाकि।


