नेपालभर फैलियो मनसुन, प्रवेश गरेको १२ औँ दिनमै देशभर सक्रिय

समाचार सारांश
Auto Generated by AI
  • असार ५ गते नेपाल प्रवेश गरेको मनसुन १२ दिनपछि देशभर फैलिएको छ।
  • यस वर्ष औसत समयभन्दा ६ दिन ढिलो गरी मनसुन पूर्ण रूपमा सक्रिय भएको हो।
  • देशभर मनसुन सक्रिय भएसँगै अब पश्चिमी वायुको प्रभाव पूर्ण रूपमा हटेको छ।


काठमाडौं, असार १६

पूर्वी नेपालबाट असार ५ गते प्रवेश गरेको मनसुन १२औँ दिनमा देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार औसत मितिभन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको मनसुन मंगलबारदेखि देशका सबै भू–भागमा सक्रिय भएको हो।

विभागका अनुसार मनसुन प्रवेश गरेको चौथो दिनमै कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा फैलिएको थियो। त्यसपछि केही दिन गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन विस्तारको गति सुस्त बनेको थियो।

सामान्यतया नेपालमा मनसुन प्रवेश गरेपछि देशभर फैलिन करिब एक साताको समय लाग्ने भए पनि यस वर्ष भने देशभर फैलिन १२ दिन लागेको विभागले जनाएको छ।

हाल देशका सबै भू–भागमा मनसुन सक्रिय भएसँगै पश्चिमी वायुको प्रभाव हटेको छ। विभागका अनुसार नेपालबाट मनसुन बाहिरिने औसत समय अक्टोबर २ (असोजको तेस्रो सातातिर) रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?