इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको कृष्णनगरबाट भारतबाट अवैध रूपमा ल्याइएका १४ सय कुखुराका चल्ला प्रहरीले बरामद गरेको छ।
  • बरामद गरिएका ती चल्लाहरूलाई सरोकारवाला निकाय र सुरक्षाकर्मीको रोहबरमा खाडल खनी नष्ट गरिएको छ।
  • इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध क्रियाकलाप रोक्दै सामाजिक सुरक्षा कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ।

कृष्णानगर, असार ७

कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट खटिएको प्रहरी गस्ती टोलीले अबैध कुखुराका चल्ला बरामद गरेको छ। भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेको अवैध चल्ला बरामद गरेको हो ।कृष्णनगर नगरपालिका वडा नं १२ बाट १४ कार्टून प्रति कार्टून १०० चल्लाका दरले १ हजार ४०० चल्ला बरामद गरेको हो।

बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका वडा नं २ अवस्थित पुरानो नगरपालिका रहेको भवन पछाडि
रहेको खाली जग्गामा खाल्डो खनि पशु क्वारेनटाइनका प्रतिनिधि दयाराम चौधरी, प्रहरी, पत्रकार,लगाएतको उपस्थितिमा उक्त चल्ला नष्ट गरिएको हो।

साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार, न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न तत्पर रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक कृष्ण बहादुर कुवरले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

स्थानीय तहमा गैरदलीय निर्वाचन किन ?

भारतमा फेला परयो ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

आज मिति २०८३ साल असार महिनाको ७ गते आइतबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ साल असार महिनाको ६ गते शनिबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

प्रि मनसुनमा ४५ वर्ष यताकै सबैभन्दा ठूलो वर्षा

छुटाउनुभयो कि ?