जेठ महिनामा रोजगारीका लागि ६१ हजार विदेशिए

जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठ महिनामा ६१ हजार ७२ जना नेपालीले श्रम स्वीकृति लिएका छन् ।

जसमा ५३ हजार ६ सय ९८ जना पुरूष र ७ हजार ३ सय ७४ महिला रहेका छन् । वैशाख महिनामा भने ७४ हजार ४ सय २९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।वैशाखको तुलनामा जेठमा वैदेशिक रोजगारीमा जानेको संख्या १३ हजार ३ सय ५७ ले कमी आएको हो । जेठ महिनामा म्यानपावर कम्पनीहरूमार्फत १९ हजार ४ सय ५५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै व्यक्तिगत श्रम स्वीकृतिमार्फत ११ हजार ५ सय ३ जना, जी–टु–जी मार्फत ६ सय ५२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

एक महिनाको अवधिमा २९ हजार ३ सय ७१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने विभिन्न देशमा विना कागजात बनेका ९१ जना वैधानीकरण भएका छन् ।जेठ महिनामा सबैभन्दा बढी नेपाली मलेसिया गएका छन् ।

मलेसियाका लागि ८ हजार १ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै यूएईका लागि ५ हजार ३ सय ९४ जना, कतारका लागि २ हजार ८ सय ८३ जना, साउदीका लागि २ हजार ५ सय ९८ जना, रोमानियाका लागि २ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

काठमाडौंको शंखमुलमा सञ्चालनमा रहेको ‘चियादानी काठमाडौं’ माथि करिब ७५ लाख रुपैयाँ कर छली गरेको आरोप लगाउँदै आन्तरिक राजस्व कार्यालयमा उजुरी परेको छ।

आज मिति २०८३ अषाढ ०२ गते मंगलवार को दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ साल अषाढ महिनाको १ गते सोमबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल।

आज मिति २०८३ ज्येष्ठ ३१ गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

बालविवाह तथा जबरजस्ती विवाह विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न

कोशी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

छुटाउनुभयो कि ?