
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगलागी भएको छ । आगो दमकलको प्रयोग गरेर निभाइएको छ ।
यो घटना आज बिहान पौने सात बजेतिरको हो । स्तानबुलबाट आएको सो जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो ।
लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको हो । सो क्रममा यात्रुहरूलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

