गोकुल बास्कोटाको प्रश्न : “जसको आन्दोलन उही नेता नभएर फेरि उत्खनन किन ?

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले हाल जारी आन्दोलनबारे प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले आन्दोलन जसको हो, त्यसै नेताले नेतृत्व गर्नुपर्ने भन्दै अन्य व्यक्तिले फेरि उत्खनन गर्नु गैरजिम्मेवार भएको टिप्पणी गरेका हुन्।

उनले भनेका छन्, “देश प्रयोगशाला जस्तै बनेको छ। पुरानाले, नयाँले, झन् नयाँले र महानयाँले अन्त्यमा आफ्नै गालामा थप्पड हान्ने अवस्था देखिन्छ। हरेक अस्थायी समाधान अधिकतम एक दशक टिक्छ। त्यस्तोमा जसको आन्दोलन हो, त्यही नेता हुनु पर्छ। फेरि उत्खनन किन?”

बास्कोटाले आन्दोलनलाई व्यक्तिगत स्वार्थ र पद प्राप्तिको साधन नबनाउन आग्रह गर्दै स्थायी समाधानको लागि जिम्मेवार नेतृत्व आवश्यक रहेको बताए। उनका अनुसार आन्दोलनलाई निरन्तर पुनः उत्खनन गर्दै जानुले मुलुकलाई थप अस्थिरतामा धकेल्ने खतरा छ।

उनी भन्छन्, “सर्पको मुखमा परेको भ्यागुत्तोले फट्याङ्ग्राको शिकार गर्न मुख बाउँछ, त्यस्तै हाल आन्दोलनको नेतृत्वप्रति देखिएको असमञ्जस छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?