प्रधानमन्त्री शाहको भारतप्रतिको दृष्टिकोण ठिक छैन हिन्दुत्वप्रती प्रेम छैन रामभद्राचार्य

काठमाडौँ ७ बैशाख २०८३

भारतीय तथाकथित हिन्दुवादी संगठन ‘आरएसएस’ र सत्तारुढ दल बीजेपी निकट रहेका कथित जगतगुरु रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन शाहको भारतप्रति रवैया ठिक नरहेको बताएका छन् ।

आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका रामभद्राचार्यले बालेनको भारतप्रतीको दृष्टिकोण ठिक नरहेको र हिन्दूत्वप्रति पनि कुनै प्रेम नरहेको बताए ।

उनले प्रधानमन्त्री बालेनको मन भारत विरोधी नहुनुपर्ने बताउदै हिन्दूत्वप्रति बानेलको झुकाव हुनुपर्ने सुझाव दिए ।

बालेन अहिले युवा रहेको र राजनीतिमा परिपक्व नभएको उनले बताए ।
यसका साथै रामभद्रार्चायले नेपालमा धर्मान्तर हुने गरेको गुनासो गरे ।

उनले विगतमा धर्मान्तर गराउनेहरुको संख्यामा वृद्धि हुनु दुःखद रहेको बताए ।

नेपाल र भारत मिलेर एउटा महाशक्ति बन्नुपर्ने उल्लेख गर्दै नेपाल सरकारले चाहे हिन्दूराष्ट्र पुनः कायम गर्न कुनै समय नलाग्ने कुरा व्यक्त गरे ।

खासगरी चीनसँग नेपाल कुनै किसिमले निर्भर नहुनुपर्ने धारणा राखे ।

रामभद्राचार्य प्रत्येक वर्ष एकपटक जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आउने गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आज मिति २०८३ ज्येष्ठ २३ गते शनिवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन

विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णयविरद्ध महासंघ थप आन्दोलित

आज मिति २०८३ ज्येष्ठ २२ गते शुक्रवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

राष्ट्रियताको रक्षार्थ राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा कोणसभा सम्पन्न।

आज मिति २०८३ ज्येष्ठ २१ गते बिहीवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

छुटाउनुभयो कि ?