मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशको हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने अनुमान छ । आजराति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको छ ।

