
- स्वर्गीय रमादेवी खत्रीको स्मृतिमा असोज २७ गतेदेखि सन्धिखर्कमा टी–१० क्रिकेट प्रतियोगिता हुँदैछ।
- प्रतियोगितामा प्रथम हुनेले १ लाख र द्वितीय हुनेले ६० हजार नगद पुरस्कार पाउनेछन्।
- सहभागी टिमका लागि दर्ता निःशुल्क गरिएको र इच्छुकहरूले सम्पर्क गरी नाम दर्ता गर्न सक्नेछन्।
अर्घाखाँची । स्वर्गीय रमादेवी खत्रीको सम्झनामा अर्घाखाँचीको सन्धिखर्कमा टी–१० क्रिकेट कप आयोजना हुने भएको छ।
सन्धिखर्क नगरपालिका–१ स्थित टुँडिखेलमा यही असोज २७ गतेदेखि खुला टी–१० क्रिकेट प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ
प्रतियोगितालाई अर्घाखाँचीमा हालसम्मकै एउटा व्यक्तिले राखिने ठूलो क्रिकेट आयोजनाका रूपमा सञ्चालन गर्ने तयारी गरिएको आयोजकको भनाइ छ।
प्रतियोगितामा जिल्लाभित्र तथा जिल्लाबाहिरका इच्छुक क्रिकेट टिमले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताको प्रथम पुरस्कार १ लाख रुपैयाँ र द्वितीय पुरस्कार ६० हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि टिम दर्ता पूर्ण रूपमा निःशुल्क गरिएको छ। टिम दर्ता प्रक्रिया सुरु भइसकेकाले इच्छुक टिम तथा खेलाडीहरूलाई समयमै आफ्नो टिम दर्ता गराउन आयोजकले आग्रह गरेको छ।
खेलकुदमार्फत युवाहरूलाई प्रोत्साहन गर्ने, स्थानीय खेलाडीको प्रतिभा उजागर गर्ने तथा स्वर्गीय रमादेवी खत्रीको सम्झनालाई खेलकुदको माध्यमबाट जीवन्त राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितासम्बन्धी थप जानकारी तथा निःशुल्क टिम दर्ताका लागि ९८५७०६६२९९ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।


