अर्घाखाँचीमा वन डढेलो रोक्न अभियान र नियन्त्रण दस्ता

वन डढेलो नियन्त्रण विशेष दस्ता टोलीले जेठसम्म डढेलो नियन्त्रण सम्बन्धी समुदायमा प्रचारप्रसार गर्ने, पातपतिङ्गर संकलन गरेर जोखिम कम गर्ने, डढेलो लागेमा मिनी दमकलसहित नियन्त्रणमा खटिने लगायतका काम गर्ने डिभिजन वन कार्यालय, अर्घाखाँचीका सूचना अधिकारी केशर खड्काले बताए ।

नेपाल प्रेस खबर चैत १ गतेको प्रकाशित समाचार अर्घाखाँची

गर्मी मौसममा आगलागीका घटनाले सताउने अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न अभियान र विशेष दस्ता परिचालन गरिएको छ । 

१२ जनाको समूहमा रहेको वन डढेलो नियन्त्रण विशेष दस्ता टोलीले जेठसम्म डढेलो नियन्त्रणसम्बन्धी समुदायमा प्रचारप्रसार गर्ने, पातपतिङ्गर संकलन गरेर जोखिम कम गर्ने, डढेलो लागेमा मिनी दमकलसहित नियन्त्रणमा खटिने लगायतका काम गर्ने डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए ।

समुदायमा प्रचारप्रसार गरेर सचेत बनाउने र शून्य डढेलो जिल्ला बनाउने जिम्मेवारी दस्ताको रहेको उनले बताए । जिल्लामा ४२ स्थान डढेलो जाखिम क्षेत्र छन् । उनीहरूले अग्नि नियन्त्रण सामग्री, इपरब्लोर लगायतका सामग्री पाएका छन् । 

गर्मी मौसममा आगलागीका घटनाले सताउने अर्घाखाँचीमा गत वर्ष सचेतनामूलक कार्यक्रमले गर्दा वनमा आगलागीका घटना र जनधनको क्षति कम भएको थियो । ‘यस वर्ष शून्य डढेलो बनाउने प्रयास छ,’ उनले भने, ‘समुदायलाई सचेत बनाउने, आगलागी लाग्न नदिने उपाय टोलीले सिकाउँछ ।’ 

वन कार्यालयले गत वर्ष ६१ वडामै दुई जना गन्धर्वलाई सारंगी बजाएर गीत गाउँदै समुदायलाई सचेत र जागरुक बनाउन लगाएको थियो । वन–जंगलमा पातपतिङ्गरबाट मल बनाउने लगायतका कार्य पनि गरेको थियो । 

अर्घाखाँचीमा ७३ हजार २ सय ७ हेक्टर वन क्षेत्र छ । जसमा सामुदायिक वनको क्षेत्रफल ३४ हजार ३ सय ४२ हेक्टर छ । जिल्लामा ४ सय ६६ वटा वन समूह छन् । जिल्लाका ६ स्थानीय तहमध्ये शितगंगा नगरपालिकामा सबैभन्दा धेरै ४७ हजार ३ सय ६४ हेक्टर वन छ । सबैभन्दा कम मालारानी गाउँपालिकामा २ हजार ८ सय ७० दशमलव ३१ हेक्टर छ । डिभिजन वन कार्यालयका अनुसार सन् २०००–२०२४ सम्मको २४ वर्षको अवधिमा जिल्लामा ३ हजार २ सय ९७ वटा डढेलोका घटना भए । जसमा ७५ हजार ४ सय ९० दशमलव ३२ हेक्टर वन डढेलोले प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?