चन्दा दातालाई सम्मान तथा शिलालेखन कार्यक्रम सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको लोटन राम द्रौपदी माविमा नवनिर्मित सरस्वती मन्दिरको प्राण प्रतिष्ठासँगै दाताहरूलाई सम्मान गरिएको छ।
  • मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरूको नाम शिलालेखमा स्थायी रूपमा राखिएको छ।
  • विद्यालयमा धार्मिक र नैतिक शिक्षाको विकास गर्ने उद्देश्यले सो मन्दिर निर्माण गरिएको हो।

चन्दा दातालाई सम्मान तथा शिलालेखन कार्यक्रम सम्पन्नकपिलवस्तु, विजयनगर–७, गणेशपुर। श्री लोटन राम द्रौपदी माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको सरस्वती माता मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम अन्तर्गत चन्दा दाताहरूलाई सम्मान तथा शिलालेखन कार्यक्रम सम्पन्न भएको छ।विद्यालय परिसरमा आयोजित कार्यक्रममा मन्दिर निर्माणमा आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्‍याउने दाताहरूलाई सम्मानपत्र प्रदान गर्दै उहाहरूको योगदानको उच्च कदर गरिएको थियो।

साथै, मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरूको नाम शिलालेखनमार्फत स्थायी रूपमा अभिलेखीकरण गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वक्ताहरूले शिक्षा र धार्मिक आस्थालाई सँगसँगै अघि बढाउन सामुदायिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्दिर निर्माणमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेका थिए।विद्यालय प्रशासनका अनुसार सरस्वती माता मन्दिरले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा धार्मिक, नैतिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आज मिति २०८३ साल असार महिनाको ९ गते मंगलबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

वरिष्ठ अधिवक्ताको दाबी जनार्दन जोगाउन टोपबहादुरलाई फसाइयो, नक्कली चेकको प्रमाण पेस

आध्यात्मिक जागृतिद्वारा विश्व नवनिर्माण विषयमा स्नेह मिलन एवं पत्रकार सम्मेलन सम्पन्न

अर्घाखाँचीमा विद्यालय समायोजन दरबन्दी मिलान संकलन कार्यक्रम सम्पन्न

आज मिति २०८३ साल असार महिनाको ८ गते सोमबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल।

इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट

छुटाउनुभयो कि ?