प्रदीप अधिकारीलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतको अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ।

शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न नमिल्ने ठहर गर्दै उनको माग अस्वीकार गरेको हो।

यसअघि विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो। सोही मुद्दाका कारण उनी हाल निलम्बनमा परेका छन्।

सर्वोच्च अदालतको यस निर्णयसँगै अधिकारी हाललाई थुनामै रहने निश्चित भएको छ। भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतको पछिल्लो निर्णयलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?