आजको बदलिदो मौसम

समाचार सारांश
Auto Generated by AI
  • मधेश र लुम्बिनीका तराईमा मनसुन कमजोर रहे पनि पहाडी भेगमा भारी वर्षाको सम्भावना छ।
  • कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा आज केही स्थानमा ठूलो पानी पर्न सक्छ।
  • नदी तथा पहिरोको जोखिम भएका क्षेत्रमा सतर्क रहन मौसम विज्ञान विभागले आग्रह गरेको छ।

बुधबार प्रकाशित समाचार नेपाल प्रेसखबर

मधेश र लुम्बिनीका तराईमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ। विभागका अनुसार हाल मनसुनी प्रणाली सक्रिय रहे पनि वर्षा मुख्यतः पहाडी क्षेत्रमा केन्द्रित भएको छ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै मधेश र लुम्बिनीका केही तराई क्षेत्रमा हुरी, मेघगर्जन तथा चट्याङको जोखिम पनि रहेको छ।

विभागले नदी–खोला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा सतर्क रहन आग्रह गर्दै मनसुनी गतिविधि अझ केही दिन सक्रिय रहने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?