बालेनबारे महेश बस्नेतको टिप्पणी– ‘विदेशीले तयार गरेका जेलेन्स्की डबल अवतारमा लम्कीतिर घुम्दैछन्’

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतामाथि कडा टिप्पणी गरेका छन्। राष्ट्रिय युवा सङ्घको एक कार्यक्रममा सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तुलना गरेका हुन्।

बस्नेतले जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘जोकर’ भन्न थालेको उल्लेख गर्दै नेपालमा पनि विदेशी शक्तिको स्वार्थ पूरा गर्ने नेताहरू त्यस्तै अवस्थामा पुग्न सक्ने दाबी गरे।

उनले भने,
‘आज नेपालमा सिंगापटार गरिरहेका जेलेन्स्कीहरू डबल अवतारमा लम्कीतिर घुमिरहेका छन्। विदेशीको स्वार्थ पूरा भएपछि उनीहरूलाई पनि भनिनेछ– तिमी नेता होइन, जोकर हौ।’

महेश बस्नेतले पश्चिमा मुलुकहरूले नेपाललाई युद्ध मैदान बनाउने र आफ्नो रणनीतिक उद्देश्य पूरा गर्ने षड्यन्त्र भइरहेको आरोप पनि लगाए।

त्यस्तै, उनले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता नहुने अदालतको निर्णयपछि न्याय प्रणालीमाथि उठेका प्रश्नप्रति प्रतिक्रिया दिँदै अदालत जलेपछि पनि न्याय नजलेको पुष्टि भएको बताए।उनको यो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा चर्चा थप चर्किएको छ भने सामाजिक सञ्जालमा पनि मिश्रित प्रतिक्रिया आइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?