“प्रश्न सोधौँ” अभियान सुरु: फाल्गुण २१ को निर्वाचनअघि नेताहरुलाई सार्वजनिक परीक्षणमा ल्याउने आह्वान -राजेन्द्र बानिया

काठमाडौं – फाल्गुण २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै “प्रश्न सोधौँ” अभियान सुरु गरिएको छ। यो अभियान कुनै दल विरोधी नभई उम्मेदवार र नेताहरूलाई जिम्मेवार बनाउने उद्देश्यले सुरु गरिएको बताइएको छ।

राजेन्द्र बनियाले आफ्नो फेसबुक स्टाटसमार्फत नागरिकलाई जहाँ जहाँ नेताहरू भेटिन्छन्, त्यहीँ प्रश्न सोध्न आह्वान गरेका छन्। उनका अनुसार लोकतन्त्रमा मतदाता केवल भोट हाल्ने होइन, प्रश्न सोध्ने अधिकारसमेत प्रयोग गर्नुपर्ने समय आएको छ।

अभियान अन्तर्गत आजको प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका रूपमा प्रस्तावित झापा–५ का उम्मेदवार बालेन्द्र साहलाई लक्षित गरिएको छ।

उनले काठमाडौं महानगरपालिकाको मेयरको रूपमा बालेन साहको कार्यसम्पादनप्रति गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा लोकप्रिय भए पनि कार्यक्षमता र नतिजा कमजोर देखिएको भन्दै त्यसको निष्पक्ष मूल्यांकन हुनुपर्ने उनको भनाइ छ।

मेयर हुँदा गरेका धेरै वाचा अधुरा छाडेर पद त्यागेको आरोप लगाउँदै अब सांसदको रूपमा इमान्दार रहने विश्वासको आधार के हो भन्ने प्रश्न पनि उठाइएको छ।

त्यस्तै, भाद्र २३ र २४ गतेका हिंसात्मक घटनासँग नाम जोडिएको आरोप, सिंहदरबार क्षेत्रको आगजनी प्रकरण, र ‘लुसिफर’ उपनामबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरिएको छ।

सार्वजनिक पदमा बस्ने व्यक्ति सार्वजनिक परीक्षणका लागि तयार हुनुपर्ने र प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गर्दै उनले “प्रश्नको सामना गर्न नसक्ने व्यक्ति सार्वजनिक पदमा बस्न योग्य हुन्छ कि हुँदैन?” भन्ने प्रश्न अघि सारेका छन्।

त्यसैगरी, अरूको नैतिकतामाथि प्रश्न उठाउने व्यक्तिले आफूमाथि लागेको ‘मालपानी’ सम्बन्धी ८ करोड रुपैयाँको प्रकरणमा जवाफ दिनुपर्ने भन्दै पारदर्शिताको माग गरिएको छ।

राजेन्द्र बनियाले नागरिकलाई थप सभ्य, तथ्यपरक र मौनता तोड्ने खालका प्रश्नहरू थप्न आह्वान गर्दै “प्रश्न सोधौँ” अभियानलाई जनस्तरबाट अगाडि बढाउन आग्रह गरेका छन्।यस अभियानले निर्वाचनपूर्व नेताहरूको उत्तरदायित्व र सार्वजनिक जवाफदेहितामाथि बहस तीव्र बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?