क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अर्घाखाँचीमा गर्यो विरोध सभा

मिति २०८२ कार्तिक ३० गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा साम्राज्यवाद प्रतिगमन र यथास्थितिको विरोध गरौं राष्ट्रियता जनतन्त्र जीविकाको रक्षा गरौं। स्वधीन संयुक्त सरकारको गठन गरौं।

भन्ने मूल नाराका साथपाणिनीको दुर्गा फाँट दुर्गा फाट, छत्रदेवको चिहानडा र मालारानीको खनदहमा पालिका स्तरीय कोणसभाहरू पर्चा वितरण जन भेटघाट कार्यक्रम सम्पन्न भएका छन् कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल का पोलिट ब्युरो सदस्य कृष्ण केसी नरेन्द्र थापा र केन्द्रीय सदस्य राजेन्द्र नेपालीले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जीआन्दोलनको स्पिरिटलाई हाइज्याक गरेर विदेशी साम्राज्यवादको इशारामा बनेको सुशीला कार्की सरकारलाई बर्खास्त गर्दै क्रान्तिकारी देशभक्तहरूको स्वधीन संयुक्त सरकार गठन गर्नुपर्ने कुरा बताउनुभएको थियो। देशमा साम्राज्यवाद र विस्तारवादी हरुको योजनामा बनेको सरकार र पुराना दलहरूबाट देशको निकास नभएको पनि ठकुवा गर्नुभयो।

देशमा जेन्जी आन्दोलनपछि देश गम्भीर अवस्थामा फसे को र जेन्जीआन्दोलनका मागअनुसार सरकार नबनेको र माग पुरा गर्न नसक्ने भयकोले सबैलाइ सजग सचेत रहदै खबरदारी गर्न आवान गर्नुभएको थियो कार्यक्रम तक्मान राउतको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकर्ताहरूको उल्लेखनीय सहभागी रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?