आमाको पुन्यतिथिमा ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री

कपिलवस्तु – लालु चौधरी

कपिलवस्तु । शिवराज नगरपालिका–४ निवासी लक्ष्मी बिकले आफ्नी आमा कुन्ती बिकको प्रथम वार्षिक पुण्य तिथिको स्मृतिमा ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ। पुण्य तिथिको अवसर पारेर शिवराज नगरपालिका–५ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई झोला, कापी तथा कलम प्रदान गरिएको हो।

सामग्री वितरण गर्दै लक्ष्मी बिकले आमाले जीवनभर विद्यार्थीलाई माया गर्ने र सदैव सहयोगमा अग्रसर रहने भएकाले उहाँकै सम्झनालाई अर्थपूर्ण बनाउन विद्यार्थीलाई सहयोग गरेको बताउनुभयो। “आमाको आत्मा शान्ति पाओस् भन्ने भावनाले म आज यहाँ आयकी हुँ,” उहाँले भन्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले लक्ष्मी बिकको सहयोगले विपन्न विद्यार्थीलाई ठूलो राहत मिलेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा शिवराज नगरपालिका कार्यपालिका सदस्य प्रेम बिक, समाजसेवी एम.बी. सुनार, रामु सुनार, मोनु बरालसहित विद्यालयका शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?