आज ऋषिपञ्चमी पर्व मनाइँदै

समाचार सारांश
Auto Generated by AI
  • आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व देशभर मनाइँदैछ।
  • महिलाहरूले नदी र तलाउमा स्नान गरी सप्तऋषिको पूजा गर्दैछन्।
  • यस वर्ष तीज पर्वको समापनसँगै ऋषिपञ्चमी पूजा गरिँदैछ।

नेपाल प्रेसखबर अर्घाखाँची।

प्रकाश आचार्य

गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदैछ ।

विशेषगरी ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पूजाआराधना गरी मनाउने गरिन्छ । महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो ।

आज काठमाण्डौको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ । यस वर्ष गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

अस्ति आइतबार दर खाई तीज पर्व शुरु भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा, उपासना गरिएको छ । गएको भदौ १० गते रसुवाको भोटेकोशी बाढीको पीडाका कारण विगतका वर्षमा जस्तो यसवर्ष तीज पर्वको रौनक रहेन ।

आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?