कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत, देशका पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका केहि ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका १-२ ठाउँमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?