चीनको सिचुवान एयरलाइन्सले पोखराबाट अस्ट्रेलिया उडानका लागि अनुमति माग्यो

काठमाडौं । चिनियाँ बायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलियासम्म नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने योजना सहित अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।

उनका अनुसार प्रारम्भिक अनौपचारिक छलफल भइसकेको छ र छिट्टै आवश्यक प्रक्रिया पूरा गरी औपचारिक रूपमा अनुमति दिने तयारी भइरहेको छ। सिचुवान एयरलाइन्सले सेप्टेम्बर महिनाबाट उडान सुरु गर्ने लक्ष्य लिएको बताइएको छ।

यसअघि सिचुवान एयरलाइन्सले २०८० असारमा पोखरा विमानस्थलमार्फत चार्टर उडान सञ्चालन गरिसकेको छ। ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ का अवसरमा चिनियाँ खेलाडी तथा पर्यटक ल्याउन–लैजान उक्त एयरलाइन्सले पोखरा उडान गरेको थियो।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्स मात्र नियमित उडान गरिरहेको छ। हप्तामा एक दिन काठमाडौं–ल्हासा–पोखरा मार्गमा उडान भैरहेको छ। यदि सिचुवान र भूटान एयरलाइन्सले पनि नियमित उडान सुरु गरेमा विमानस्थल अझै चलायमान हुने प्राधिकरणको विश्वास छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन गरिएको थियो। झन्डै २२ अर्ब लागतमा बनेको यो विमानस्थलमा दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ, जसले वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिपक ज्ञवाली
लेखकको बारेमा

दिपक ज्ञवाली

ज्ञवाली नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन

आज मिति २०८३ ज्येष्ठ २४ गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २३ गते शनिवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन

विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णयविरद्ध महासंघ थप आन्दोलित

आज मिति २०८३ ज्येष्ठ २२ गते शुक्रवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

छुटाउनुभयो कि ?