खुला प्रश्न?
नेकपा एमाले जिल्ला अध्यक्ष ज्यू,
एमाले सुध्रिन्छ? कसरि कुन साध्य र तथ्य ले पताउने हो?
जेन जि पुस्ताले भनेको माग के हो? भ्रष्टाचार अन्त्य, सुशासनको अभ्यास, पारदर्शिता र जवाफ देहिताको आवाज होइन र? तर यहाँ एमाले को ब्यहबारमा देखिएको तस्बिर भने उल्टो किन छ?
एउटा जल्वन्त उदाहरण !
तपाई र तपाईको पार्टि खाचि चुनढुंगाको मुद्दा उठ्दा किन चुप लाग्यो? के यो आवाज जनताको माग होइन? आजै तपाईँले भन्नु भएको तपाईको मष्तिष्क र हस्त लेखन को हिसाब बुझ्नुस्:
तपाईले नै भनेको लिखित रुपमा दर्ज दिनमा झण्डै १ लाख २७ हजार राजस्व सन्धिखर्क नगरपालिका मा उठ्छ भन्ने कुरा साँचो हो कि होइन?
त्यसरी वार्षिक हिसाब गर्दा करिब ४.५ करोड भन्दा बढी रकम नगरपालिका खातामा जम्मा हुनु पर्ने होकि होइन? तर नगरपालिका भित्र हेर्दा करिब १० लाख मात्रै देखिन्छ। अनि बाँकी रकम कहाँ हरायो? यो कसको पेटमा गयो? कसले लुट्त्यो? भष्टचार तपाईको वरि परि र पार्टि कार्यलय भित्र त छैन?
तपाईँ भन्नु हुन्छ हामी उठ्ने छौ ? किन? तर उठ्ने भनेको जनताको हकमा होकि लुट्ने र भष्टचार ढाक छोप गर्न को लागि हो? पार्टी कार्यालय एमाले र आम सर्ब साधरण को होइन दलाल र बिचौलियाको अड्डा हो भने र खुला किन भन्न नमिल्ने ?
एउटा भोटको लागि नैतिकता बेचेर, जनता लाई ठगेर राजनीति गर्ने हो भने यो कुन नीतिले जायज ठहरिन्छ? यो आन्दोलन तपाई हरुको ब्रमलुट को बिस्फोट होइन र?
जिल्ला, नगरपालिका र एमाले पार्टी वरिपरि का धेरै नेताहरू भ्रष्टाचारमा डुबेका छन् भन्ने सत्य होइन र? राजनीति भनेको के केवल २/४ अन्धभक्त ले पुज्ने आरति गर्ने अनि समाज लुट्ट्ने खोक्रो आदर्श देखाउने नाटक त होइन? समाज लाई बचाउने होइन, बिगार्ने यस्ता गतिविधि किन पार्टीले अंगालेको छ? जिल्ला अध्यक्षज्यू, यो पत्रमा उठाइएका प्रश्नको जवाफ दिने हिम्मत र ल्याकत छ भने दिनुहोस्, नत्र जनता लाई भ्रममा पार्ने, ठग्ने एमाले भनेर किन नमान्ने?
तपाईको शुभचिन्तक !!


