:-गङ्गा सागर खड्का
मिती २०८२ असोज २ गतेबाट सन्चालन भएको स्व: रामलाल पुरी स्मृती वडा स्तरिय भलिबल कपको उपाधी मालारानी-८ भलिबल क्लबले जितेको छ। ४ दिनसम्म चलेको उक्त खेलमा जिल्लाका बिभिन्न ठाउँबाट २० टिमले सहभागिता रहेको आयोजकले जनाएको छ । सन्धिखर्क नगरपालिका वडा नं -७ को बाघमारा खेल मैदानमा सम्पन्न खेलमा मालारानी-४ ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हाता पारेको हो । तेसैगरी “खाँचीकोट दरवार क्लव”ले दितृय स्थान र शितगङ्गा -२ ले तृतिय स्थान हाता पार्न सफल भए ।
खेलको सुरुवाती दिनबाट नै बर्षादका कारण खेल निरन्तर सन्चालन हुन नसके पनी आज चौथो दिन अत्यन्तै घमाइलो र रमाइलो मौसमको बिच फाइनल खेल सम्पन्न भएको हो । दर्शक हरुको ब्यापक उपस्थिती, र असोज २ गते बिषेश कार्यक्रमको बिच उद्घाटन भएको खेलमा बिभिन्न संघ संस्था /समाजिक ब्यक्तित्व/ हरुले पुरस्कारको सौजन्य र सहयोग गरेका थिए । स्व: रामलाल पुरी स्मृती कपको यो पहिलो बर्षको भलिबल कप भब्य र सभ्यताका साथ सु-सम्पन्न भएको हो।



