- नेकपा नेता रामबहादुर चौहानले रास्वपाप्रतिको जनलहरलाई क्षणिक बाढीको संज्ञा दिँदै यसलाई स्थायी परिवर्तन मान्न नहुने बताएका छन्।
- जनमत परिवर्तनशील रहेको बताउँदै उनले रास्वपाको उदयले कम्युनिष्ट आन्दोलन समाप्त नभएको जिकिर गरेका छन्।
- कम्युनिष्ट आन्दोलनका कमजोरी सुधार्न ग्राउण्ड तहबाटै रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिएका छन्।
अर्घाखाँची । नेपाल लिडको प्रस्तुति ‘लिसन सिंहदरबार’ अन्तर्गत अर्घाखाँचीमा भएको राजनीतिक बहसमा नेकपा नेता रामबहादुर चौहानले फागुन २१ को निर्वाचनपछि रास्वपाको पक्षमा देखिएको जनलहरलाई तत्कालै स्थायी राजनीतिक परिवर्तनको निष्कर्षका रूपमा लिन नहुने बताएका छन्।
फागुन २१ को निर्वाचनमा अर्घाखाँची–१ बाट नेकपाका उम्मेदवार रहेका चौहान पराजित भएका थिए। निर्वाचन परिणाममा रास्वपाका हरिप्रसाद भुसाल ३५ हजार २३ मतसहित विजयी हुँदा चौहानले ३ हजार ८४७ मत पाएका थिए।
आफ्नो पराजयलाई पुराना दलप्रतिको जनअसन्तुष्टि र नयाँ शक्तिप्रतिको आकर्षणसँग जोड्दै चौहानले अहिले रास्वपाले नेतृत्व गरेको सरकारप्रति पनि जनताको मूल्यांकन सुरु भइसकेको बताए।
उनले फागुन २१ को निर्वाचनमा आएको मतलाई भदौ १० मा भोटेकोशीमा आएको बाढीसँग तुलना गर्दै भने, ‘घण्टी हेरेर, बालेन हेरेर मत आयो । तर एउटा माघले जाडो जाँदैन । पहाडमा मात्रै घाम लाग्दैन ।’
उनको संकेत रास्वपाले पाएको चुनावी सफलता स्थायी राजनीतिक आधारमा रूपान्तरण भयो कि भएन भन्ने प्रश्नतर्फ थियो। सरकार गठन भएको छोटो समयमै आफूलाई भेट्ने कतिपय जनताले ‘तपाईंले जित्नुपर्ने थियो’ भन्न थालेको दाबी गर्दै चौहानले जनमत परिवर्तनशील रहेको बताए।
तर रास्वपा सरकार गठन भएसँगै नेकपा वा कम्युनिष्ट आन्दोलन समाप्त भएको निष्कर्ष निकाल्न भने नहुने उनको तर्क छ।
चौहानले कम्युनिष्ट आन्दोलनभित्र कमजोरी रहेको स्वीकार गरे पनि त्यसको समाधान आन्दोलन समाप्त हुनु नभई ग्राउण्ड तहबाटै रूपान्तरण गर्नु भएको बताए।