लुम्बिनी प्रदेश समिती कांग्रेसको कारबाही अन्यायपूर्ण र निन्दनीय: नेविसङ उपसभापति खनालको घोर भर्त्सना

कपिलवस्तु । नेपाली कांग्रेसका नेता विक्रम सिंह थापामाथि लुम्बिनी प्रदेश समितिले गरेको कारबाहीलाई नेपाल विद्यार्थी संघ (नेविसङ) कपिलवस्तुका उपसभापति सञ्जय खनालले तीव्र आपत्ति जनाएका छन् ।

उपसभापति खनालले उक्त कारबाहीलाई “पूर्ण रूपमा अन्यायपूर्ण र निन्दनीय” भन्दै घोर भर्त्सना गरेका छन् । उनले भने, “यसले लोकतान्त्रिक मूल्य र पार्टीको मर्यादामाथि गम्भीर आघात पुर्‍याएको छ । यस्तो कदमले हामीले सिक्दै आएको लोकतान्त्रिक मान्यता र भविष्य नै संकटमा पारिदिएको छ ।”

खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै कारबाही तत्काल फिर्ता लिन माग गरेका छन् ।
“जय नेपाल!” भन्दै उनले आफ्नो सन्देश समाप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?