अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा न.५,मा आत्महत्या तथा मानसिक रोग न्यूनीकरण कार्यक्रम सम्पन्न ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा न. ५, असुरकोटमा रहेको जनप्रिय माध्यमिक विधालयमा अध्यानरत कक्षा ९ र १० का छात्र छात्राहरुलाई आत्महत्या तथा मानसिक रोग न्यूनिकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

“समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत भुमिकास्थान नगरपालिका को आयोजनामा तथा युवा सरोकार महासंघ सहजिकरणमा २०० जना विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका कार्यालय प्रमुख प्र.ना.उ. चक्र बहादुर मल्लले “आत्महत्या तथा मानसिक रोग न्यूनिकरण” सम्बन्धी विषयमा प्रशिक्षण दिनु भएको थियोे। उक्त कार्यक्रम भुमिकास्थान नगरपालिका का नगरप्रमुख झबिलाल थापाको प्रमुख अतिथ्यता र वडा अध्यक्ष जयगोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?