अर्घाखाँचीमा बस दुर्घटना : दुईकाे घटनास्थलमै मृत्यु, २२ जना घाइते

अर्घाखाँची : अर्घाखाँचीको पाणिनी–८, दुर्गाफाट कुडुलेमा भएको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएको ग १ ध ५०४ नम्बरको  बस फर्कने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा उद्धार कार्य चलिरहेको छ ।

null

स्थानीय र  प्रहरीले उद्धार गरिरहेको पाणिनी गाउँपालिकाका पूर्व अध्यक्ष अच्युत गौतमले बताएका छन् ।  घटनास्थलमा पुगेर उद्धारको कार्य गरिरहेको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीले बताएका छन् । घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ ।  घटनाको विस्तृत विवरण आउन बाकी छ ।

स्रोत अन्नपूर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?