विमानस्थल गौचरण बन्यो, पाइपमा कमिला हिँड्न थाले : सांसद भुसाल

काठमाडौँ । अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले जिल्लाका महत्त्वपूर्ण विकास आयोजनाहरू अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्घाखाँची तीन वर्षसम्म सांसद विहीन हुँदा विकासका काम ठप्प भएको बताए ।

बैठकमा बोल्दै भुसालले नौमुरे आयोजना, अर्घा भगवती विमानस्थल, सडक पूर्वाधार, सिँचाइ र खानेपानीको दर्जनौँ आयोजनाहरू बजेट र रेखदेखको अभावमा अलपत्र परेको उल्लेख गरे । निर्माणाधीन विमानस्थल अहिले गौचरणमा परिणत भएको र खानेपानीको ट्याङ्कीहरू फुट्न थालेको उनले बताए ।  ‘पाइपमा पानी होइन, कमिला हिँड्न थालेका छन् ।

यो गुनासो कहाँ गएर सुनाउने सभामुख महोदय ?’ उनले प्रश्न गरे ।सांसद भुसालले जिल्लामा वन्यजन्तुको आतङ्कका कारण नागरिकहरू विस्थापित हुने अवस्था आएको समेत बताए । सबैतिरबाट खेदिएका अर्घाखाँचीबासीलाई अहिले बाँदर र बँदेलले घरबाटै खेद्न सुरु गरेको उनको भनाइ थियो ।किसानको पीडा सुनाउँदै उनले भने, ‘पहिलो कुरा चराले खेती उम्रन दिँदैन, जेनतेन उम्रिए मृगले हुर्कन दिँदैन ।

जसोतसो हुर्किए बँदेलले फल लाग्न दिँदैन र भाग्यले फल लागिहाले बाँदरले पाक्न दिँदैन । उनले वन्यजन्तुको समस्या समाधान गर्न र अलपत्र परेका विकास निर्माणका कामलाई तत्काल अगाडि बढाउन सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?