थलापति विजय तमिलनाडुको मुख्यमन्त्री, शपथ लिएलगत्तै तीन निर्णय

तमिलगा भेट्री कड्गम (टीभीके)का अध्यक्ष सी. जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।योसँगै राज्यमा करिब ६ दशकदेखि जारी द्रभिड दल डीएमके र एआईएडीएमकेको पालैपालो सत्तामा आउने क्रम समाप्त भएको छ ।मुख्यमन्त्री बनेलगत्तै उनले मञ्चबाट तीन आदेशमा हस्ताक्षर गरेका छन् ।

यो आदेशमा हरेक घरलाई २०० युनिट बिजुली निःशुल्क गर्ने, लागुपदार्थको समस्या समाधान गर्न हरेक जिल्लमा विशेष दल बनाउने र महिलाको सुरक्षाका लागि एक विशेष टास्क फोर्स बनाउने उल्लेख छ ।तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् । शनिबार उनलाई २३४ सदस्यीय विधानसभामा १२० निर्वाचित विधायकको समर्थन प्राप्त भएपछि सरकार बनाउन आमन्त्रण गरिएको थियो ।विजयले बिहान १० बजेपछि चेन्नईस्थित नेहरु रंगशालामा शपथ लिएका हुन् ।

उनीसँगै टीभीकेका केही वरिष्ठ नेतासहित ९ जनाले मन्त्री पदको शपथ लिएका छन् ।विजय कांग्रेसको सहयोगबाट गठबन्धन सरकारको नेतृत्व गर्नेछ । राज्यपालले उनलाई १३ मे या सोभन्दा पहिले नै विधानसभामा विश्वासको मत लिन पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

छुटाउनुभयो कि ?