आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १-२ ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका १-२ ठाउँमा तथा राति लुम्बिनी प्रदेशका १-२ ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू~भागका केही स्थानमा तथा बाँकी तराई भू~भागका १-२ स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
सोमबार राति देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

