अर्घाखाँचीसहित देशभर तीव्र हावाहुरीको चेतावनी: उच्च सतर्कता अपनाउन प्रशासनको अपील


अर्घाखाँची, १६ वैशाख ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज बुधबार अपराह्नदेखि देशका विभिन्न जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना देखिएको छ। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक सार्वजनिक सूचना जारी गर्दै आज वैशाख १६ गते बुधबार दिउँसो ४:०० बजेदेखि भोलि वैशाख १७ गते बिहान ६:४५ बजेसम्म विशेष सावधानी अपनाउन जिल्लाबासीहरूमा हार्दिक अनुरोध गरेको छ। यो हावाहुरीको प्रभाव लुम्बिनी प्रदेशका अर्घाखाँची, बर्दिया, बाँके, दाङ र परासीका साथै सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा र डोटीमा बढी देखिने अनुमान गरिएको छ। त्यस्तै गण्डकी र बागमती प्रदेशका नवलपुर र चितवन, मधेश प्रदेशका बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशका झापा र मोरङ जिल्लाहरू समेत प्रभावित क्षेत्रको सूचीमा रहेका छन्।
यस अवधिमा हावाहुरीसँगै मेघगर्जन, चट्याङ्ग र असिनासहितको वर्षा हुन सक्ने भएकाले रूख ढल्ने, घरको छाना उड्ने, कमजोर संरचना भत्किने र विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको छ। सम्भावित विपद्बाट बच्न प्रशासनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, यात्रा नगर्न र घर-टहरा कमजोर भए सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। साथै हावाहुरीको समयमा बाहिर आगो नबाल्न, विद्युतीय पोल र तारभन्दा टाढै रहन, अग्ला रूख नजिक नबस्न र जस्तापाता लगायतका सामान उडेर हुन सक्ने क्षतिप्रति सचेत रहन समेत सूचित गरिएको छ। कुनै पनि विपद्जन्य घटना घटेमा तत्काल उद्धारका लागि जिल्ला प्रशासन कार्यालयको नम्बर ९८५७००७७७७ वा जिल्ला प्रहरी कार्यालयको नम्बर ९८५७००५५५५ मा सम्पर्क गर्न प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

बुटवलमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एकजना घाइते

दैलेखमा ग्यास : भेटियो भण्डार, रोकियो काम

छुटाउनुभयो कि ?