निगमले पेट्रोलमा १५ र डिजेल/मट्टीतेलमा १० रुपैयाँले भाउ बढ्यो

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत १ गते रातिदेखि लागू हुने गरी समायोजन गरिएको छ ।

निगमले पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रति लिटर १७२ पर्ने भएको छ भने डिजल~मट्टीतेल प्रतिलिटर १५२ पर्ने भएको छ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३१, डिजलमा ५४ र एलपी ग्यासमा २१६ बढेर आएको जानकारी दिएको छ।

निगमले बढेको मूल्य हिजो राति १२ बजेदेखि लागू हुने जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?