छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौड्याल अख्तियारको नियन्त्रणमा

गुरुदेव खनाल अर्घाखाँची।
प्युठानको गौमुखी गाउँपालिकाबाट हालै मात्र सरुवा भई अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदबहाली गरेका तुल्सिराम पौड्याल अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अक्तियार) को नियन्त्रणमा परेका छन्।

उनी केही वर्षअघि कपिलवस्तुको मायादेवी गाउँपालिकामा लेखा अधिकृतका रूपमा कार्यरत रहँदा ठूलो रकम हिनामिनासम्बन्धी आरोपमा अनुसन्धान हुँदै आएको थियो। सोही प्रकरणमा निरन्तर प्रक्रिया अघि बढ्दै जाँदा हिजो उनलाई आयोगले पक्राउ गरेको पुष्टि भएको छ।

घटनाबारे थप जानकारीका लागि छत्रदेव गाउँपालिकाका सूचना अधिकृतसँग सम्पर्क गर्दा,
उहाँले “चार–पाँच दिनअघिदेखि बिदामा हुनुहुन्छ, अफिसमा हुनुहुन्न” भन्ने जानकारी मात्र दिएको बताइएको छ।

यस घटनापछि छत्रदेव गाउँपालिकामा प्रशासनिक कामकाजमा प्रभाव पर्ने, साथै स्थानीय तहमा सुशासन र पारदर्शिताबारे नयाँ प्रश्नहरू उठेको देखिएको छ। अक्तियारले भने पौड्यालविरुद्धको अनुसन्धानलाई आवश्यक कानुनी प्रक्रिया अनुसार अघि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन

आज मिति २०८३ ज्येष्ठ २४ गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २३ गते शनिवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन

विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णयविरद्ध महासंघ थप आन्दोलित

छुटाउनुभयो कि ?