सन्धिखर्कमा पब्लिक डिबेट, रास्वपा उम्मेदवार अनुपस्थित

सन्धिखर्कमा पब्लिक डिबेट, रास्वपा उम्मेदवार अनुपस्थित
सन्धिखर्क, अर्घाखाँची।
अर्घाखाँची जिल्लाको सन्धिखर्क मा आयोजित ‘जनतासँग उम्मेदवार’ सार्वजनिक बहस कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरी प्रसाद भुसाल अनुपस्थित भएका छन्।
कार्यक्रममा उपस्थित सहभागीहरूले रास्वपाका उम्मेदवारलाई किन आमन्त्रण नगरिएको भन्ने प्रश्न उठाएका थिए। सो विषयमा आयोजक पक्षले पब्लिक डिबेटमा सहभागी नभएकै कारण कार्यक्रममा नबोलाइएको जानकारी दिएको स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष गुरुदेव खनालले बताए।
कार्यक्रममा भने अन्य दलका उम्मेदवारहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्दै जनताका प्रश्नको जवाफ दिएका थिए।
उपस्थित उम्मेदवारहरूमा
विष्णु मुस्कान (नेपाली कांग्रेस),
पीताम्बर भुसाल (नेकपा एमाले),
रामबहादुर चौहान (नेपाली कम्युनिस्ट पार्टी),
पशुपति ढकाल (राष्ट्रिय जनमोर्चा),
झविन्द्र फुल्लेल (राप्रपा)
र स्वतन्त्र उम्मेदवार रवि शाह रहेका थिए।
कार्यक्रममा उम्मेदवारहरूले विकास, सुशासन र समृद्धिका एजेण्डा प्रस्तुत गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। रास्वपा उम्मेदवारको अनुपस्थितिले भने कार्यक्रममा जनताका प्रश्नमा संग भागेको भन्दै चर्चा पाएको थियो ।नागरिक समाज नेपाल र स्वतन्त्र पत्रकार संघले कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यकमको सहजीकरण पत्रकार श्याम घिमिरेले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?