कतारले दियो तेह्रजना नेपालीहरुलाई आममाफी:

कतारले दियो तेह्रजना नेपालीहरुलाई आममाफी:
कतार सरकारले काराबास सजाय भोगिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ। उक्त क्षमादान कतारको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर दिइएको हो।
नेपालको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस निर्णयप्रति कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ। विज्ञप्तिमा राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पावन अवसरमा १३ नेपाली कैदीलाई उदारतापूर्वक आममाफी प्रदान गरिएकोप्रति नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गरिएको उल्लेख छ।

मन्त्रालयका अनुसार मानवीय आधारमा दिइएको यो क्षमादानले नेपाल र कतारबीच विद्यमान मित्रता, आपसी समझदारी र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धलाई प्रतिबिम्बित गर्छ। यस किसिमको पहलले भविष्यमा दुई देशबीचको विश्वास र सहकार्य अझ मजबुत हुने अपेक्षा पनि गरिएको छ।
यद्यपि, कतार सरकारले आममाफी अन्तर्गत कुन–कुन सजायको अवधी वा जरिवाना माफ गरिएको हो भन्ने विषयमा भने कुनै औपचारिक विवरण सार्वजनिक गरेको भने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?