बचतको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा

काठमाडौ । सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारीका जम्मा गरेको ठूलो सानो सवै रकम फिर्ता हुनुपर्ने र ठगि गर्नेलाई कारवाही गर्नुपर्ने माग राख्दै सहकारी पीडित बचतकर्ता राष्ट्रिय महांसंघको अगुवाईमा शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो ।प्रदर्शनमा सहभागीहरुले ग्याँस छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ठगी गर्नेलाई दण्ड हुने कानून बनोस, पीडितलाई फुटाउने षडयन्त्र नगरियाेस्, बिगत ४५ दिनदेखिको आन्दोलन जारी छ, बचकर्ताको पैसा फिर्ता गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितको समस्या समाधान गर्न अव बन्ने नयाँ सरकार गम्भीर हुनुपर्ने बताए ।सय दिन भित्र बचतकर्ताको रकम फिर्ता गराउने रास्वपाको प्रतिवद्धता अव पुरा हुनुपर्ने भन्दै उहाले आफुहरुको मागका बारेमा ध्यानाकर्षण गराउन प्रदर्शनमा आएको बताए ।उनले यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नभएकाले अव नयाँ सम्झौता भन्दा पनि बचतकर्ताको रकम फिर्ता हुनुपर्नेमा आफुहरुको जोड रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?